आज :

जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

  • अनलाइन डबली

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा कप्तान लियोनेल मेस्सी सुरुआती टोलीमा नरहने पुष्टि गरेका छन् । अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले प्रतियोगितामा हालसम्म अर्जेन्टिनाका पाँचै गोल गर्दै टोलीलाई अल्जेरिया र अस्ट्रियाविरुद्ध लगातार जित दिलाएका छन् । ती दुई जितसँगै अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक स्कालोनीले मेस्सीलाई विश्राम दिन लागिएको बताउँदै आवश्यक परे खेलको दोस्रो हाफमा मैदान प्रवेश गराइने जानकारी दिए । उनले जोर्डनविरुद्ध मैदान उत्रने खेलाडीहरूले अवसर पाउन योग्य रहेको उल्लेख गर्दै टोलीका सबै सदस्यले प्रशिक्षणमा उत्कृष्ट मेहनत गरिरहेको बताए ।

‘भोलि खेल्ने खेलाडीहरू मैदानमा उत्रिन योग्य छन् । उनीहरू टोलीका महत्वपूर्ण सदस्य हुन् । प्रशिक्षणमा उनीहरूले गरेको मेहनतकै कारण हामी यहाँसम्म आइपुगेका हौं । अवसर पाए सबैलाई खेलाउन चाहन्छु,’ स्कालोनीले भने ।

जोर्डनले प्रायः पाँच डिफेन्डरको रणनीतिमा खेल्ने भएकाले अर्जेन्टिना पनि आवश्यक परे आफ्नो रणनीतिमा परिवर्तन गर्न तयार रहेको उनले बताए । अर्जेन्टिना र जोर्डनबीचको खेल शनिबार अमेरिकाको टेक्सास राज्यस्थित आर्लिङ्टनको एटी एन्ड टी स्टेडियममा हुनेछ । अर्जेन्टिनाले यसअघि नै समूहको शीर्ष स्थान सुरक्षित गरिसकेकाले यो खेलको नतिजाले समूहको अन्तिम अवस्था परिवर्तन गर्ने छैन । यता, जोर्डन भने अस्ट्रिया र अल्जेरियासँग लगातार पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal