आज :

रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने भएको छ ।

चितवनको भरतपुरमा जारी पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने हो ।

प्रतिनिधि दर्ताको कार्य सुरु बिहान १० बजेदेखि नै भइसकेको छ । बिहान ११ः४५ बजे खानाको समय पश्चात् दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक आरम्भ गर्ने कार्यक्रम तय भएको छ ।

बन्दसत्र सुरु भएलगत्तै विभिन्न निकायका प्रतिवेदनहरूमाथि छलफल हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ । जसअन्तर्गत २ः१० देखि २ः३० सम्म सुरुमा अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले र त्यसपछि पार्टीको वित्तीय प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने कार्यसूची छ ।

आजै दिउँसो ३ः४५ देखि ४ः४५ सम्म केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावलाई सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा.स्वर्णिम वाग्लेले ४ः४५ देखि ५ः१५ सम्म प्रस्तुत गर्नेछन् भने सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सभापतिको प्रतिवेदनमाथि साँझ ६ः३५ सम्म छलफल र प्रस्तुतीकरणको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal