आज :

विनोद शाही हत्याप्रकरण: कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद फैसला

  • अनलाइन डबली

काठमाडौँ । अछामको चर्चित विनोद शाही हत्या प्रकरणमा उच्च अदालत दिपायलले नेपाली काँग्रेसका नगर सभापतिसहित ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ । पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय विनोद शाहीको २०७९ जेठ २१ गते घर नजिकैको जंगलमा शव भेटिएको थियो ।

बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको बेला नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद उत्पन्न भएको थियो । उक्त विषयलाई लिएर काँग्रेस नेताहरुकै संलग्नतामा हत्या गरी शव जंगलमा फालिएको भन्दै पीडित परिवार अदालत पुगेका थिए ।

उच्च अदालतका मुख्य न्यायाधीश दिनेशप्रसाद यादव र पुनम सिंह चन्दको संयुक्त इजलासले उक्त घटनामा नेपाली काँग्रेसका नगर सभापति सज्जन शाही, महेन्द्र शाही, बिरेन्द्र शाही, देवेन्द्र शाही, पृथ्वी शाही र अक्कल शाहीलाई जन्म कैदको सजाय सुनाएको हो । अदालतका प्रवक्ता नरबहादुर नेगीका अनुसार उनीहरूबाट जनही १–१ लाखका दरले पीडित पक्षलाई क्षतिपूर्ति पनि भराउन आदेश दिएको छ ।

यसअघि २०८२ मंसिर ४ गते जिल्ला अदालत अछामले मुद्दाको सुनवाइ गर्दै सबै प्रतिवादीलाई सफाइ हुने फैसला सुनाएको थियो । उच्चले अन्य चारजना प्रतिवादी पानमति बम शाही, द्रोपति शाही, कर्णबहादुर शाही र शान्ति कुमारी शाहीको हकमा भने जिल्लाकै निर्णय सदर हुने ठहर गरेको छ ।

जिल्ला अदालतकाे आदेशमा पृथ्वी शाही, देवेन्द्र शाही, वीरेन्द्र शाही र महेन्द्र शाही थुनामा थिए ।

शाहीको हत्यामा संलग्न भएको भन्दै पीडित परिवारले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो तर जिल्ला सरकारी वकिल कार्यालय अछामले मेयर चलाउनेसहितका तीन जना आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

अदालतको फैसलाले पीडित परिवारले न्याय पाएको बताएका छन् ।

काँग्रेस सभापति शाहीमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ता हर्क शाही ‘सूर्य’ को हत्या गरेको आरोप पनि लाग्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal