आज :

प्रथम उपमेयर कप खो खो प्रतियोगिता हुने

  • बुद्धशरण शाही


काठमाडौँ, असार ८ गते । काठमाडौँ महानगरपालिकाले असार १० देखि चारदिनसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खो खो प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा काठमाडौँ महानगरभित्रका विभिन्न १० सामुदायिक विद्यालयका पुरुष र महिलामा गरी १८ टोलीको सहभागिता हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमार्डौँ महानगरपालिका खो खो सङ्घका अध्यक्ष दीपक महर्जनले जानकारी दिनुभयो ।

नेपाल खो खो सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित खो खो हलमा खेलाइनेछ । सहभागी टोलीलाई लिग कम नक आउटका आधारमा प्रतिस्पर्धा गराइनेछ ।

काठमाडौँ महानगरपालिकाको ३० लाख र आयोजक काठमार्डौँ महानगरपालिका खो खो सङ्घको ६ लाख गरी कूल ३६ लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ विजेता टोलीले ५० हजार, उपविजेताले २५ हजार र तेस्रो हुनेले १० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

यस्तै वेस्ट रनर र चेजरलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सहभागी विद्यार्थीहरुको लागि जनही एकलाख रुपियाँको उपचार विमाको व्यवस्था गरिएको छ ।

यस्तै, १० दिनसम्म प्रशिक्षण खाजा, खेल अवधिभर खाना र खाजा, जर्सीहरुलगायतका सुविधाहरु पनि दिइनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई आगामी राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट खेल्ने मौका प्रदान गरिने नेपाल खो खो सङ्घका अध्यक्ष प्रदिप महर्जनले बताउनुभयो ।

उहाँले नयाँ दिल्लीमा आयोजित प्रथम विश्वकप प्रतियोगितामा नेपालका दुबै टोली दोश्रो भएर आए पनि अहिलेसम्म पाउनुपर्ने नगद पुरस्कार सम्बद्ध पक्षले नदिएको गुनासो गर्नुभयो ।
आउँदा दिनमा विश्वकपमा पहिलो स्थान पाउन सक्ने एउटै खेलको रुपमा अहिलेसम्म यस खेल देखिएकाले सम्बद्ध क्षेत्रले आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्रतियोगितामा विश्वनिकेतन, सहिद शुक्र, शान्ति निकुञ्ज, महाँकाल, जनप्रभात, सर्वेश्वर, भिमसेनगोला, बाँसबारी माविले पुरुष प्रतियोगितामा र यी आठसहित कन्या मन्दिर र पद्मकन्या माविले महिला समूहमा प्रतिस्पर्धा गरिनेछन् ।
कीर्तिपुरस्थित सबै खेलहरु विहान ७ बजेदेखि खेलाइनेछन् । पत्रकार सम्मेलनमा प्रतियोगिताको लोगो पनि सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal