आज :

रोड टु युएफसीमा नेपाली फाइटर रविन्द्र ढाँटको ऐतिहाँसिक जित

  • अनलाइन डबली

काठमाडौँ । नेपाली फाइटर रविन्द्र ढाँट रोड टु युएफसीमा विजयी हुनुभएको छ । ढाँट फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई हराउँदै विजेता बन्नुभएको हो ।

विश्व प्रतिष्ठित च्याम्पियनसिप युएफसीको छनोट प्रतियोगितामा उहाँले सोझो जित निकाल्नु भएको हो ।  ढाँट युएफसीमा विजयी हुने पहिलो नेपाली फाइटर बन्नुभएको छ ।

नेपालका रविन्द्रले दोस्रो राउन्डमा आफ्ना प्रतिद्वन्द्वीलाई भुइँमा ढालेर लगातार मुक्का प्रहार गर्दै ‘नकआउट’ जित सुनिश्चित गर्नुभएको हो ।

पहिलो राउन्डको सुरुवाती मिनेटमा केही असहज परिस्थितिको सामना गरे पनि उहाँले आक्रामक रक्षा गर्दै प्रतिद्वन्द्वीका हरेक प्रहारको कडा जवाफ फर्काउनुभयो । दोस्रो राउन्डमा  ‘क्लिन्च’ को उत्कृष्ट प्रयोग गर्दै विपक्षाी जोनलाई पूर्णरूपमा दबाबमा राख्नुभयो ।

नेपालको बझाङका फाइटर ढाँटले अब बहुप्रतीक्षित युएफसी सम्झौता प्राप्त गर्नका लागि अझै दुई वटा भिडन्त जित्नुपर्ने छ र ‘रोड टु युएफसी सिजन ५’ को ब्यान्टमवेट विधाको ८-फाइटर सम्मिलित ‘सिङ्गल-एलिमिनेसन’ प्रतियोगिताको च्याम्पियन बन्नुपर्ने छ ।

‘रोड टु युएफसी’ मा आबद्ध हुनुअघि व्यावसायिक एमएमए ढाँटको नाममा ९ जित र १ हारको कीर्तिमान थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal