आज :

राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस : दिगम र लाली बने च्याम्पियन

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा आयोजित ‘पारा टेबुलटेनिस खेल च्याम्पियनसिप’ सम्पन्न भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको खेल कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित प्रतियोगितामा महिला र पुरुष गरी दुई विधामा प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा कुल २५ जना खेलाडीहरूको सहभागिता थियो । जसमा १६ जना पुरुष र ९ जना महिला खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनल खेलमा केशव थापाले मनोज थापालाई ४-३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए ।

अर्को सेमिफाइनल खेलमा डिगम सिंह चेम्जोङले दीपक नक्कललाई ४-० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरे ।
उपाधिका लागि भएको फाइनल भिडन्तमा डिगम सिंह चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दै केशव थापालाई ४-० को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जित्न सफल भए ।

खेलमा पराजित केशव थापाले रजत पदकमा चित्त बुझाए भने सेमिफाइनलमा रोकिएका मनोज थापा र दीपक नक्कल संयुक्त रूपमा तेस्रो बन्दै कांस्य पदक प्राप्त गरे ।

महिलातर्फको सेमिफाइनल खेलमा लाली तामाङले पूजा सोतीलाई ४-२ को सेटमा पराजित गर्दै फाइनलमा पुगिन्। अर्को रोमाञ्चक सेमिफाइनल खेलमा निर्मला भण्डारीले सोनिका ढकाललाई ४-३ को सेटमा पाखा लगाउँदै फाइनलको यात्रा तय गरिन् ।

उपाधिका लागि भएको फाइनल खेलमा लाली तामाङले निर्मला भण्डारीमाथि ४-० को सोझो सेटमा सहज जित निकाल्दै स्वर्ण पदक प्राप्त गरिन् । प्रतियोगितामा निर्मला भण्डारीले रजत पदक जितिन् भने सेमिफाइनलमा उपविजेता बनेका सोनिका ढकाल र पूजा सोतीले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक प्राप्त गरे ।

प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो । विधागत रूपमा पहिलो हुनेले ७,००० रुपैयाँ, दोस्रो हुनेले ५,०००, र तेस्रो स्थान हासिल गर्ने दुई जनाले जनही ३,००० रुपैयाँर, नगद पुरस्कार प्राप्त गरे।
राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ नेपालका अध्यक्ष गणेश केसीको अध्यक्षतामा सम्पन्न उक्त समापन तथा पुरस्कार वितरण समारोहमा काठमाडौँ महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दलबहादुर कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

त्यसैगरी, विशिष्ट अतिथिका रूपमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष विजेन्द्र हमाल, अतिथिहरूमा राष्ट्रिय पारालम्पिक कमिटी नेपालका उपाध्यक्ष उदयबहादुर लिम्बु, राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधव चम्लागाई, र सक्षम नेपालका अध्यक्ष विरूकमल श्रेष्ठको उपस्थिति रहेको थियो । खेलाडीहरूलाई खेलको प्राविधिक प्रशिक्षण प्रशिक्षक बसन्त भारतीले प्रदान गरेका थिए ।

सो क्रममा वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूमा रहेको खेल प्रतिभालाई उजागर गर्न यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने र राज्य तथा स्थानीय निकायबाट थप सहयोग हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal