
काठमाडौँ – नेपालभाषामा मनोरञ्जन पत्रिका पेज थ्री पत्रिकाको योजनामा पाँचौ पेजथ्री पिपुल्स च्वाइस अवार्डको नामांकन तथा प्रमाणपत्र वितरण सम्पन्न भएको छ ।
पाँचौ पेजथ्री पिपल्स च्वइस अवार्डमा नेपाल भाषामा निर्माण भएका सात वटा चलचित्र समावेस हुने छ । म्युजिक भिडियोमा झीगु कर्म, इन्दिरा धिमें मैंचा, तिबः, जय लाखे, बहिदार बाबु, लाखे आजु र गालय् वन दुहांवःगु र गरि ७१ वटा समावेस हुने भएको छ । समावेस भएका चलचित्र बात उत्कृष्ट तीन जना र म्यूजिक भिडियो संगै संगीत विधामा उत्कृष्ट ५ जनाको नामांकनमा समावेस भएको छ ।
कार्यक्रममा नेपालभाषा मनोरञ्जन क्षेत्रमा लामो समय बात निरन्तर योगदान दिनु भएमा गाएक रामकृष्ण दुवाललाइ ‘लाइफटाइम अचिभमेन्ट’बात सम्मान गरिने भएको छ । यसै गरि नेपालभाषाको मनोरञ्जन क्षेत्रमा सर्वाधिक नेपालभाषा भिडियो निर्माण गरेका स्रष्टाहरुलाई पनि विशेष सम्मान प्रदान गरिने भएको छ ।
पेज थ्री पिपुल्स च्वाइस अवार्ड नोमिनेशन कार्यक्रमा पेज थ्री पत्रिका ईलोहं प्रकाशनया प्रवन्ध निर्देशक नरेशवीर शाक्यको सभापतित्वमा नेपालभाषाका सम्पूर्ण मनोरञ्जन क्षेत्रको समग्रा विकासको निमित्त प्रत्यक चार बर्षमा यो पुरस्कार वितरण कार्यक्रम हुने गरेको बताउनु भयो।
पेज थ्री पिपुल्स च्वाइस अवार्ड कार्यक्रमका डाइरेक्टर, पेज थ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले नेपालभाषामा मनोरञ्जन क्षेत्रको इतिहासलाइ प्रस्तुत गर्दै यस पुरस्कार सर्वाधिक नेपालभाषामा मनोरञ्जन क्षेत्रका श्रजकहरुलाई सम्मान गर्दै उहाहरु प्रति मनोबल बढाउँन सहायोग पुगेको बताउनु भयो ।
पेज थ्री पिपुल्स च्वाइस अवार्ड नोमिनेशन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशया सांसद शैलेन्द्र बज्राचार्यले नेपालभाषा मनोरञ्जन क्षेत्रमा युता निजि ब्यबसायिक संस्था ईलोहं प्रकाशनले लामो समबात कलाकार तथा प्रावधिकहरुलाई सम्मान गर्ने गरेको निकै सर्हानिय कार्य भएको बताउनु भयो । यस किसिमको कदमलाइ सहयोग गर्न बागमती प्रदेश सरकार सदैब तयार रहने र आवश्यक बजेटया व्यवस्था समेत छुट्याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो।
यस अवार्डमा सामेल भएका विभिन्न कृति मध्ये गोपालकृष्ण महर्जनको स्यावरमा तथा निर्देशक सुरेन्द्र तुलाधरको निर्देशनमा तयार भएको अय्ला अय्ला अय्ला न्युजिक भिडियोलाइ स्पेशल मेंशन अवार्ड, जापान निवासी मय्जु क्यारेन शाक्यलाइ पेजथ्री हःपाः सम्मान, युके निवासी संयुक्त श्रेष्ठलाइ दोश्रो एनिमेशन चलचित्र जय लाखेको निमित्त स्पेशल मेंशन अवार्ड तथा संगीतकार जुगल डंगोलयलाइ पेजथ्री सम्मान प्रदान गरिने भएको छ।



अनलाइन डबली



