आज :

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

  • अनलाइन डबली

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात पारेको छ । गएराति भएको खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७७ रनले पराजित गरेको हो ।

गुजरातका लागि शुभमन गिलले ८४ रन बनाए । साई सुदर्शनले ५५ रन बनाए । यस्तै, वासिङ्टन सुन्दरले ३७ रन बनाए । गुजरातका राशिद खानले सबैभन्दा बढी ४ विकेट लिए । यस्तै, जेसन होल्डरले ३ तथा कागिसो रबाडाले २ विकेट लिए ।

गुजरातले दिएको २३० रनको लक्ष्य पछ्याएको राजस्थान १६ ओभर ३ बलमा अलआउट हुँदै १५२ रन मात्र बनायो ।

राजस्थानका लागि रविन्द्र जडेजाले सर्वाधिक ३८ रन बनाए । यस्तै, वैभव सूर्यवंशीले ३६, ध्रुव जुरेलले २४, दसुन शनकले १६ तथा शुभम् दुवेले १५ रन जोडे ।

यो जितसँगै गुजरात टाइटन्स ११ खेलबाट १४ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal