आज :

डा. शेखर कोइरालाले गरे आफू निकट नेताहरुसँग अलग्गै छलफल

  • अनलाइन डबली

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आन्तरिक विवादका सम्बन्धमा आफू निकटका नेताहरु तथा सरोकारवालाहरुसँग छलफल गरेका छन् । आइतबार काठमाडौंस्थित बिशालनगरमा रहेको आफ्नो सम्पर्क कार्यालयमा उनले नेपाली कांग्रेसले संसदीय दलको नेता अघि सार्न नसकी रहेको र पार्टीभित्र असन्तुष्टि बढिरहेको बेला आफू निकटहरुसँग छलफल गरेका हुन् ।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल तथा जेन्जी युवाहरू अभिजित अधिकारी र करिना पुरी सहभागी भएका थिए ।
त्यसैगरी, छलफलमा कांग्रेसका प्रभावशाली नेताहरू डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मिनेन्द्र रिजाल र डा. गोविन्दराज पोख्रेल पनि सहभागी भएका थिए ।
छलफलमा वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक एकता तथा आगामी रणनीतिबारे विचार आदानप्रदान भएको जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal