
काठमाडौं । काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली गराइएको छ । शनिबार सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेसँगै उक्त बस्ती खाली भएको हो ।
बस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएकी भावना लिम्बुले आफूहरू २५ वर्षदेखि त्यहीँ बस्दै आएको बताएकी छन् । उनले गाउँको सम्पत्ति बेचेर सानो छाप्रो किनेर बसेको उल्लेख गर्दै हटाइने निर्णयले ठूलो समस्या उत्पन्न भएको गुनासो गरिन् ।
‘म यहाँ बसेको २५ वर्ष भइसक्यो। हामीले गाउँको सबै बेचेर सानो छाप्रो किनेर बसेका हौं । बालबच्चाहरूको परीक्षा चलिरहेको छ, परीक्षाकै बेला यस्तो भयो । अब परीक्षा दिन पाउने कि नपाउने भन्ने दोधार छ,’ उनले भनिन् ।
उनले आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाइएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारसँग उचित व्यवस्थापनको माग गरेकी छन् । ‘बालबच्चाको भविष्यको ग्यारेन्टी हुनुपर्यो । अब हामीलाई कहाँ लगेर राख्नुहुन्छ भन्ने थाहा छैन ।
आज नै सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिसकेको छ ।


अनलाइन डबली

