आज :

बीपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन प्रहरीको आग्रह

  • अनलाइन डबली

रामेछाप । बीपी राजमार्ग अन्तर्गत रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले लेन अनुशासन कायम राख्दै ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, बाटोको अवस्थाबारे थप जानकारी लिनका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

बीपी राजमार्ग अन्तर्गत कटुञ्जे–मङ्गलटार सडकखण्डको घुमाउनेलगायतका क्षेत्रमा रोशी खोला ले डाइभर्सनहरू बगाएपछि सडक मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

रोशी खोलाले बगाएको सडक मर्मत गर्ने क्रममा खोलामै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएकाले सामान्य बाढी आउँदा समेत सडक पुनः क्षतिग्रस्त हुने समस्या देखिएको छ । गए राति खोलामा आएको सामान्य बाढीले सडक फेरि बिगारेको हो ।

्बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट उक्त मार्ग हुँदै पूर्वतर्फ आवतजावत गर्ने सवारी साधनहरू प्रभावित हुँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal