आज :

दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार

  • अनलाइन डबली

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत दुर्गम तथा विकट क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धारका लागि हवाई सेवा सञ्चालन गर्दै आएको छ ।

मन्त्रालयका अनुसार यो कार्यक्रमले स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नभएका तथा सडक पहुँच कमजोर रहेका क्षेत्रमा बसोबास गर्ने महिलाहरूलाई समयमै उपचार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको छ । विशेषगरी आकस्मिक अवस्थामा पर्ने गर्भवती तथा सुत्केरी महिलालाई जीवनरक्षा गर्ने उद्देश्यले नेपाली सेनासँगको सहकार्यमा उद्धार कार्य सञ्चालन गरिँदै आएको छ ।

यसै क्रममा बैशाख ३ गते रुकुम पश्चिम जिल्लाका दुई जना महिलाको सफल उद्धार गरिएको मन्त्रालयले जनाएको छ। त्रिवेणी गाउँपालिका–७ की २४ वर्षीया र मुसिकोट नगरपालिका–२ की २२ वर्षीया गर्भवती/सुत्केरी महिला तथा नवजात शिशुको अवस्था जटिल बनेपछि तत्काल उद्धारको आवश्यकता परेको थियो।

उक्त घटनामा नेपाली सेनासँगको समन्वय तथा सहकार्यमा हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरी सुर्खेत स्थित प्रदेश अस्पतालमा सुरक्षित रूपमा पुर्याइएको मन्त्रालयले जनाएको छ। हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकीय निगरानीमा उपचार भइरहेको जानकारी दिइएको छ ।

मन्त्रालयले यस्तो कार्यक्रमले दुर्गम क्षेत्रमा मातृ तथा शिशु मृत्युदर न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको जनाएको छ । साथै आगामी दिनमा पनि यस्ता उद्धार कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal