काठमाडौं । Citizen Life Insurance Company Limited ले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणाली ISO 9001:2015 प्रमाणिकरण प्राप्त गरेको छ। कम्पनीले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई सुदृढ बनाउने लक्ष्यसहित उक्त प्रमाणिकरण हासिल गरेको जनाएको छ।
यो प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान गरिएको हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार कम्पनीका सेवा, सञ्चालन प्रक्रिया र व्यवस्थापन प्रणाली सञ्चालन भइरहेको पुष्टि भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्रमाणिकरणपछि बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह र आन्तरिक व्यवस्थापन प्रणालीमा थप अनुशासन, एकरूपता र पारदर्शिता कायम हुने अपेक्षा गरिएको छ। यसले ग्राहकलाई अझ भरपर्दो, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।
कम्पनीले यस उपलब्धिले सेवा गुणस्तर र संस्थागत स्थिरतालाई सुदृढ बनाउनुका साथै ग्राहक सन्तुष्टि र विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने जनाएको छ। साथै नियामक मापदण्डसँग थप सुसंगतता कायम गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको विश्वसनीयता अझ बढ्ने अपेक्षा गरिएको छ।
सिटिजन लाइफले उक्त प्रमाणिकरणलाई केवल प्रमाणपत्रमा सीमित नराखी दीर्घकालीन सेवा उत्कृष्टता र ग्राहक विश्वासको प्रतिबद्धताका रूपमा लिएको जनाएको छ। आगामी दिनमा पनि ग्राहककेन्द्रित सेवा निरन्तर परिष्कृत गर्दै अघि बढ्ने कम्पनीको प्रतिबद्धता छ।


अनलाइन डबली



