आज :

सरकारले बढायो सार्वजनिक यातायाताको १६.७१ र मालवाहक सवारीको २१.६८ प्रतिशत भाडा

  • अनलाइन डबली

काठमाडौँ । इन्धनको लाग्ने करमा ५० प्रतिशत छुट दिएपनि सरकारले सार्वजनिक यातायात र ढुवानीको भाडा बढाएको छ ।

इन्धनको मूल्यमा बृद्धि भएको भन्दै सरकारले सार्वजनिक यातायातको भाडा १६.७१ र मालवाहक सवारी साधनको भाडा करिब २२ प्रतिशतले बढाएको छ । मालवाहक सवारीको पहाडी र तराई क्षेत्रगरी फरकफरक भाडा बटाएको छ ।

सरकारले पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाएको छ ।

यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो । विभागको प्रस्तावलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सदर गरेसँगै अब विभागले औपचारिक रूपमा सूचना जारी गरेपछि नयाँ भाडा लागू हुनेछ ।​

इन्धनको लाग्दै आएको करमा ५० प्रतिशत छुट दिएपछि भाडा घट्ने अपेक्षा गरिएको बेला सरकारले व्यवसायीको हितमा हुने गरी भारी मात्रामा भाडा बढाएको भन्दै विरोध हुन सुरु भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal