आज :

नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग

  • अनलाइन डबली

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तमाङले नागढुंगा–मुग्लीन सडकखण्डको निर्माण ढिला र कम्जोर व्यवस्थापनप्रति ध्यानाकर्षण गराउँदै सरकारसँग जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न जोडदार माग गरे।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तमाङले सडक निर्माण समयमा नै सम्पन्न हुने स्पष्ट कार्ययोजना आवश्यक रहेको र कडा अनुगमनको व्यवस्था हुनुपर्ने बताएका छन्। उनले ढिला–सुस्ति र समन्वयको अभावले जनताले दैनिक सास्ति भोग्नु परेको सुनाइन् ।
उनले भनिन्,‘पहिलो नागढुंगा–मुग्लीन सडकखण्ड राजनधानीसँग जोड्ने प्रमुख जीवनरेखा हुँदाहुँदै पनि निर्माण कार्य ढिला सुस्ति कम्जोर व्यवस्थापन र समन्वयको अभावका कारण जनताले दैनिक सास्ति भोग्दै आएका छन् । समयमा नै काम सम्पन्न गर्ने स्पष्ट कार्ययोजना ,कडा अनुगमन र जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

त्यसैगरी, त्रिसुली नदी लगायतका नदीजन्य उत्खनन अव्यवस्थित र अनियन्त्रित भइरहेकाले वातावरणीय सन्तुलन बिग्रँदै गएको र स्थानीय जनतामा प्रत्येक्ष असर परेको बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal