
काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित मनमैजु मन्दिर परिसरमा आज मनमैजु अजिमा जात्रा मनाईको छ ।
प्रत्यक बर्ष वैशाख कृष्ण प्रतिपदाका दिनबाट बालाजुनजिक टोखा नदीको दोभानमा अवस्थित फुसिख्यो, मनमैजुमा मनाइने यो जात्रा कलिगत ३८२५ मा गुणकामदेवले महालक्ष्ी देवीको आज्ञामुताबिक चलाएको जनविश्वास रहेको पाइन्छ ।
१२ वर्षको एकपल्ट पचलीभैरव र भद्रकाली गणदेवीको समेत सहभागी हुने मनमैजु (इन्द्रायणी) जात्रा ने.सं.५८० कालीन राजा अमर मल्लले व्यवस्थित गराएका हुन् ।
स्वयम्भू पुराणअनुसार वज्रयानी १२ तीर्थमध्ये एक मनोरथ तीर्थमा मनमयजु नामकी एक कुरूप कन्याले देवराज इन्द्र पति पाऊँ भनी व्रत बस्छिन् तर व्रतको प्रभावले काली, छ्याकटी, गलगाँड भएकी नाक नभएकी कुरूप मनमयजु पनि सुन्दरी देख्छन् इन्द्रले । फलस्वरूप यौन उन्मादको बसिभूत इन्द्र-मनमयजुबीच सम्भोग हुन्छ र इन्द्रायणीको पद प्रदान गरिन्छ ।
यही आख्यानका आधारमा शुरू भएको मनमयजु जात्रा आज शुक्रबार ल्हुती पूर्णिमाका दिन मूलजात्राका रूपमा मनाइयो ।
चौलागा तृतीयाका दिनदेखि ५ दिन यहाँ यो जात्रा भव्यरूपमा मनाइने परम्परा रहेको छ ।


बुद्धशरण शाही

