आज :

युवालाई लक्षित ‘उदय परियोजना’ सुरु गर्दै कोशी सरकार, सहुलियत ऋणमा ३ करोडसम्म लगानी

  • अनलाइन डबली

विराटनगर । कोशी प्रदेश सरकारले युवालाई लक्षित गर्दै ‘उदय परियोजना’ सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा निर्माण गरिएको बुद्ध प्रतिमा सहितको पार्क उद्घाटन गर्दै नवप्रवर्तन कार्यक्रमअन्तर्गत उक्त परियोजना अघि बढाइने जानकारी दिएका हुन् ।
मुख्यमन्त्री कार्कीको सचिवालयले जनाएअनुसार परियोजनाको औपचारिक शुभारम्भ बिहीबार नै सुनसरीको इटहरीमा हुने कार्यक्रममार्फत गरिनेछ । युवालाई उद्यमशीलतामा आकर्षित गर्न साना तथा मझौला उद्योगका लागि ३० लाखदेखि तीन करोड रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने उनले बताए ।
यसका लागि विभिन्न बैंक छनोट भइसकेको र स्वीस सरकारसँगको सहकार्यमा आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा करिब आठ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । ‘युवालाई उद्योग सञ्चालनमा सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्य लिएका छौँ,’ मुख्यमन्त्री कार्कीले भनेका छन्,ङयसले बेरोजगारी समस्या समाधानमा समेत टेवा पुग्नेछ ।’
उनका अनुसार हिमाली तथा पहाडी जिल्लाका युवालाई सहुलियतमा १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ भने ३० देखि ४० प्रतिशत धितोमा ऋण प्रवाह गरिनेछ ।
यसैबीच, प्रदेश सरकारले गत वर्षदेखि सञ्चालन गर्दै आएको ब्याज अनुदान कार्यक्रमअन्तर्गत हाल १५० भन्दा बढी परियोजना सञ्चालनमा छन् । कृषि मन्त्रालयमार्फत छ करोड रुपैयाँ विनियोजन गरिएको उक्त कार्यक्रममा प्रदेश सरकारले कुल लगानीको ६ प्रतिशत ब्याज व्यहोर्दै आएको छ ।
मुख्यमन्त्री कार्कीले यस्तो कार्यक्रमले पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमकै अवसरमा उद्घाटन गरिएको बुद्धपार्कले कोशी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य थपिएको उनले बताए । आगामी दिनमा पार्कमा आवश्यक संरचना निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारले लिने र यसलाई धार्मिक पर्यटकीय क्षेत्रको सूचीमा समावेश गरिने पनि उनले उल्लेख गरे ।
करिब आठ करोड रुपैयाँको लागतमा निर्माण गरिएको ६५ फिट अग्लो बुद्ध प्रतिमा सहितको पार्क ११ वर्षपछि सञ्चालनमा आएको हो । १७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्क नेपाल, भारत तथा अन्य मुलुकका पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको कार्कीको सचिवालयले जनाएको छ ।
सो अवसरमा सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गा कुमार बरालले पार्क सञ्चालनमा आएसँगै स्थानीय पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे । स्थानीय व्यवसायीहरूले पनि पार्क आसपास अन्य पर्यटकीय संरचना निर्माण गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal