
ललितपुर महानगरपालिका लगनखेल स्थित पाटन मानसिक अस्पताल अगाडी सडकपेटीबाट हिडिरहेका जेष्ठ नागरिक माथी अभद्र ब्यवहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार एमालेले निकालेको बिरोध र्यालीका हुदै गर्दा सडक छेउमा हिडिरहेका एक जेष्ठ नागरिकलाइ अभद्र ब्यबहार गरेको आरोपमा ललितपुर गोदावारी न.पा. वडा नं.१० टौखेल बस्ने बर्ष ३० को राम शरण शर्मा बजगाईलाई नियन्त्रणमा लिएको हो ।
सामाजिक संजालमा निकै भारल भएको उक्त भिडियोमा एक जेष्ठ नागरिकलाइ अभद्र ब्यबहार गरेको देखिएको थियो ।
पक्राउ परेका शर्मालाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


अनलाइन डबली


