आज :

रास्वपाद्वारा निजामती सेवामा राजनीतिक प्रभाव नराख्न आग्रह

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, आबद्धता वा समर्थन नरहेको स्पष्ट पारेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा यस्तो धारणा सार्वजनिक गरिएको हो ।
पार्टीले स्थापनाकालदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने नीति लिएको उल्लेख गर्दै हालै सम्पन्न आम निर्वाचनमा पनि निजामती सेवाको सुदृढीकरणका लागि प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ ।
विज्ञप्तिमा पछिल्लो समय निजामती सेवाभित्र विभिन्न समूह वा अभियान सञ्चालन गरी पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । रास्वपाले यस्ता कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो कुनै सम्बन्ध, समर्थन वा संलग्नता नरहेको स्पष्ट पारेको छ ।
पार्टीले कर्मचारीहरूको मुख्य धर्म जनसेवा र पहिचान व्यावसायिकता हुनुपर्ने बताउँदै कुनै पनि राजनीतिक दलको प्रभावमा नपर्न आग्रह गरेको छ । साथै प्रशासनलाई मेरिटोक्रेसीका आधारमा सञ्चालन गर्नुपर्ने र कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्नेमा जोड दिएको छ ।
रास्वपाले विगतमा जस्तै दलीय प्रभाव, डर–त्रास र शक्ति केन्द्रको आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनसेवामा समर्पित हुन अपिल गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal