आज :

जुम्लामा धान दिवस : ‘काली मार्सी’ संरक्षण र प्रवद्र्धनमा जोड

  • अनलाइन डबली

दानबहादुर बुढा –
मुगु । कर्णाली प्रदेश सरकारद्वारा चैत १२ गतेलाई ‘धान दिवस’ का रूपमा सार्वजनिक बिदा दिइएको अवसरमा जुम्लामा ‘धान दिवस २०८२’ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

‘जुम्लाको मूल्यवान धानखेती संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको आयोजना कृषि विकास कार्यालय जुम्लाले गरेको थियो भने किर्डाक नेपाल, पेस नेपाल, वल्भिजन र लिबोड चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लगायतका निकायहरूले समन्वय गरेका थिए ।

त्यस्तै कार्यक्रममा चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईं सामाजिक संञ्जालमा लेखेका छन, कर्णाली प्रदेशमा चैत १२ लाई सार्वजनिक बिदा दिइनुका ऐतिहासिक र सांस्कृतिक आधार रहेको उल्लेख छ ।

उनले खस सभ्यताको उद्गम स्थल सिञ्जा क्षेत्र र काली मार्सी धानबीचको सम्बन्धलाई उजागर गर्दै यसले कर्णालीको पहिचान बोकेको बताए। साथै, काली मार्सी धानको प्रत्येक दानामा सभ्यताको इतिहास जोडिएको उल्लेख गर्दै यस विषयमा दूरदर्शी सोच ल्याउने तत्कालीन कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीप्रति आभार व्यक्त गरेका छन ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कृषि बिकास कार्यालयका कृषि अधिकृत कमला थापाले जुम्लाको पहिचानका रूपमा रहेको काली मार्सी धानको संरक्षण गर्दै उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइन् ।

उनले धानमा किसानले हाल्ने ‘ब्युटाक्लोर’ सम्बन्धी समस्यालाई न्यूनिकरण गर्न किसानहरू सचेत हुनुपर्ने बताउँदै यसको प्रयोग र व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरिन्।

त्यस्तै किसान कविता पराजुलीले धान उत्पादनमा प्रयोग हुने विषादीको सही व्यवस्थापन आवश्यक रहेको बताइन्।
नागरिक समाजका अध्यक्ष राजबहादुर महतले धान दिवस मनाउने सबैलाई धन्यवाद दिँदै बीउ राख्ने समयअघि नै आवश्यक तालिम र उपचार विधिबारे जानकारी दिनुपर्नेमा जोड दिए ।

उनले जुम्लाका किसानहरू धानमा देखिने ‘ब्लास्ट’ रोगका कारण ठूलो क्षति व्यहोर्न बाध्य भएको उल्लेख गर्दै यसको प्रभावकारी नियन्त्रण चुनौतीपूर्ण रहेको बताए ।

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढाथापाले किसानहरूले श्रमको मूल्य मात्र खोज्ने प्रवृत्तिभन्दा आत्मनिर्भर उत्पादनतर्फ लाग्नुपर्ने बताए । उनले बजारमुखी सोचले कृषिलाई कमजोर बनाएको उल्लेख गर्दै आफ्नै उत्पादन उपभोग गरेर स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य) ले काली मार्सी धान उत्पादन र संरक्षणका लागि सरकारी प्रयास सकारात्मक रहेको बताउँदै यसको प्रभावकारी बजारीकरणमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन्।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले काली मार्सी धान संरक्षणमा चन्दननाथ बाबाको ऐतिहासिक योगदान रहेको बताए।

उनले चैत १२ लाई ऐतिहासिक दिनका रूपमा लिइने परम्परा रहेको उल्लेख गर्दै तातोपानीको लाछु ज्युलाबाट धानखेती सुरु भएको किंवदन्ती रहेको जानकारी दिए। साथै, उनले सहभागी सबैलाई चैते दशैंको शुभकामना व्यक्त गरे।

कार्यक्रममा कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले काली मार्सी धान संरक्षणका लागि स्थानीय तहका कृषि शाखासँग समन्वय गर्दै काम गरिने बताए।

उनले धानमा देखिने रोग नियन्त्रण तथा विषादी व्यवस्थापनमा कार्यालय सक्रिय रहेको जानकारी दिए। यस वर्ष धान दिवसलाई काली मार्सी धानको तेस्रो दिवसका रूपमा मनाइएको पनि उनले बताए ।

कार्यक्रममा स्थानीय किसान, सरोकारवाला निकाय, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


Download All
photo-4_ac56731d.jpg

415.4KB

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal