
तस्बिर : सुजन तिमल्सिना-
पाशुपत क्षेत्रको ऐतिहासिक जात्रा पर्वहरू मध्येको श्री बछलेश्वरी देवीको रथयात्रा सुरुवात भएको छ । बुधबार साँझ बज्रेश्वरीको जात्रा समापन भएसँग बछलेश्वरीको रथयात्राको सुरुवात पशुपतिस्थित नदी किनाराको बछलेश्वरी देवीको मन्दिर प्राङ्गणबाट भएको छ । विधि अनुसार पूजा आजपछि देवीको प्रतिमूर्तिलाई खटमा राखेर टोल टोलमा पूजा सहित परिक्रमा गराउने प्रचलन रहिँ आएको छ । यस जात्रा शुक्रबार साँझ समापन हुन्छ ।
तिलगंगा अगाडि पिङ्गलास्थानमा रहेका देवताको तान्त्रिक विधिबाट पूजा गरी पगारी बाँध्ने प्राचीन परम्परा पूरा गरि नेवार समुदायका विभिन्न नौ जातजातिले परम्परा अनुसार आआफ्नो जिम्मेवारी पुरा गरि जात्रा पर्व संचालन गर्ने गर्दछ।
यस ऐतिहासिक अनुष्ठानले दानवीय शक्तिबाट मानवको रक्षा गर्ने र समाजमा शान्ति कायम गर्ने जनविश्वास रहेको पाइन्छ ।
मुलुकमा आइपर्ने महामारी, अनिष्ट र अशान्ति निवारण गरी राष्ट्रिय सुरक्षा, समृद्धि र लोककल्याणको कामनाका लागि यो पूजा गर्ने प्रचलन रहेको जानकारहरू बताउ छन् । विशेषगरी बज्रेश्वरी, वच्छलेश्वरी र आकाश भैरव जस्ता शक्तिशाली देवदेवीको आवाहन गरिने यो पूजालाई लामो समयसम्म चल्ने जात्राहरूको सफलतापूर्वक सम्पन्नताको प्रतीकका रूपमा लिइन्छ।
यस जात्रा र पूजाको व्यवस्थापनमा पुस्तौँदेखि स्थानीय पलोवाल गुठीले परम्परा चलादै आएको छ। तान्त्रिक विधिअनुसार वर्तमान गुठियारले आफूभन्दा कान्छो गुठियारलाई आगामी वर्षको पूजा सञ्चालनका लागि ‘पाबु’ अर्थात् पालो सुम्पने संस्कारले यसको सांस्कृतिक निरन्तरता सुनिश्चित गरेको पाइन्छ ।
हजार शिवलिङ्गले घेरिएको पशुपति : विश्व सम्पदा सूचीमा सूचीकृत २ सय ६४ हेक्टर क्षेत्रफलमा फैलिएको पशुपति क्षेत्रभित्र करिब ४ सय ९२ वटा मठ-मन्दिर बिहार, चैत्य र शिवलिङ्ग मात्र एक हजारभन्दा बढी छन् । कामपा ८ मा अवस्थित पशुपति देवपतन क्षेत्र ९><९-८१ ग्रह संयोजन गरी बगाइएको गोपाल तथा किरातकालीन बस्ती हो ।
राजा वृपदेवकालीन सम्बत् १०७ महाराज जयवर्मन उल्लेखित दुगेमूर्ति सर्वाधिक प्राचिन शिलालेख मानिए तापनि १४१८ वर्ष अगाडि राजा शिवदेव वर्माले ९ ढोका, ९ डबली, ९ अजिमा पीठ, ९ वटा ढुंगेधारा, ९ जातका नेवार, ९ चोक, ९ कुण्ड संयोजन गरी बसाइएको हुँदा नेपाल भाषामा देवपतन पशुपतिलाई गुल अर्थात ग्वल भनिएको हो । राजा अंशुवर्माले देवपतनमा दरबार सारेको बताईन्छ भने ने. मं. ३७४ मा राजा जयदेव, ने.सं. ४४० मा राजा अरिदेव मल्ल द्वितीय, ने.सं. ९६६ मा राजा जयप्रकाश मल्लका छोरा राजकुमार नरेन्द्रप्रकाश मल्ललाई देवपतन दरबारमै राजा घोषणा गरिएको उल्लेख हुनुले पशुपति ऐतिहासिक वस्ती हो भन्ने प्रमाणित हुन्छ ।
ने.सं. ८३६ मा राजा भास्कर मल्लको राज्यकालमा काठमाडौं लाय्कू कुमारीको संयोगले मृत्यु हुदा देवपतन थथुवहिलकी कुमारीलाई बसन्तपुर गद्दीमा विराजमान गराइएको थियो । ऐतिहासिक देवपतनका ९ वटा कवलमध्ये मृत्युञ्जय कवलका १ सय १९ वटा घर भत्काएर परम्परा संस्कृतिका संवाहक नेवारहरूको विनाश गर्ने दुष्कार्य गर्यो किरातकालमा नामको पछाडि लिङ्ग राख्ने प्रचलन पाइन्छ। जस्तै- मुगलिङ, फिस्लीङ, चितलाड आदि भनिएझै देव पतन बासीको अन्तिम लास अर्थात शव गाड्ने ठाउँलाई शिवलिङ नाउले पशुपति प्रख्यात हुनपुगेको हो । हिस्ट्री । अफ नेपाल क्याब्रिज युनिभर्सिटी पृष्ठ ११३ मा छ किरातवंशको पतनपछि पाचौ सोमवशी राजा भाष्कर वर्माले हाल पशुपति भनिने त्रैलोक्यवशरी लोकेश्वर बुद्ध विहारको छानामा सुनको जलप लगाई सुवर्णपुरी नामाकरण गरेका थिए। भाष्क वर्मापछिका राजा पशुप्रेक्ष्यदेवले विहारलाई पशुपतिनाथ नामाकरण गरी शिवलिङ स्थापन गराएको बताइन्छ । जसको प्रमाणस्वरूप प्रत्येक वर्ष मुखाष्टमीको दिन (कात्तिक शुक्ल अष्टमी पशुपतिनाथलाई बुद्ध मुकुटको मुखाकृति पहिऱ्याई छायाँ दर्शन गराउने प्रथा चलाइएको हो शैवहरू आफूलाई हिन्दू मान्दैनन् न त वैदिक नै मान्दछन् ।


बुद्धशरण शाही

