आज :

आज घोडेजात्रा पर्व, गुरुमापा राक्षस संग जोडिएको आख्यान यस्तो छ

  • बुद्धशरण शाही

काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएकाे छ ।

नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ ।

आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

यस्तो छ आख्यान – 

आपत, त्रिपत, रोगव्याधि घोडा दौडिएझै आउँछ अनि दुष्टात्मालाई पन्छाउन सेतो वायुपङ्खी घोडाले भूमिका खेल्छ भन्ने उपत्यकावासीमा मान्यता पाइन्छ । यही मान्यतालाई पाहाँचहेको भोलिपल्ट काठमाडौंको र पाटनको टुंडिखेलमा घोडादौड जात्रा प्रदर्शन गर्ने परम्परा छ ।

मल्लाकालदेखि शुरू भएको घोडेजात्रा गर्नाले दुष्टात्मा र अनेक प्राकृतिक उपद्रव शान्त हुन्छ भने मान्यताअनुसार काठमाडौंको हुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री उपस्थिति हुने प्रचलन छ । फूलपाती बढाइँका साथ काठमाडौंको टुंडिखेलमा धेरै घोडाबीच दौड प्रतियोगिता गराइन्छ भने पाटनको भोलाख्यो बालकुमारीमा रक्सी खुवाइएको एकमात्र घोडा कुदाउने गरिन्छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले तान्तिक विद्याको सहयताले नियेंत्रनामा लिएर टुंडिखेलमा खाल्डो खनेर गाडिदिए । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय नरहोस् भनि तन्त्रबिधि द्वारा घोडाको टापले कुल्चिए पुनः राक्ष्स आत्मा जान्ग्न नसक्ने भएको कारण  प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन चलीआएको हो।

साथै, शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ। सेनाले आज यही कथामा आधारित नृत्यु प्रस्तुत गरेको हो।

काठमाडौंका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्लबीच मनमुटाव हुँदा ने.सं.७८७ तिर पाटनमा एक्लो घोडा कुदाउने परम्परा थालिएको बताइन्छ । आफ्ना पाटनवासी जनताले काठमाडौंको घोडेजात्रा हेर्न जानु नपरोस् भन्ने मनसाय राखी भोलाख्यो बालकुमारीमा एक्लो रक्सी खुवाइएको घोडा कुदाई मनोरञ्जन गर्ने परम्परा थालिएको हो । यस दिन काठमाडौं उपत्यकाका सर्वजातका केटाकेटीलाई एउटै लहरमा राखी मलजा टोल-टोलमा मलजा (सुकेको पातमा बेसार राखेर बनाइएको भात, गेडागुडी, तरकारी, जाँड, रक्सी, दूध सलिचामा राखी) खुवाउने परम्परा छ । यसरी मलजा खुवाउनाले यस वर्ष केटाकेटीलाई अनेक रोग लाग्नबाट बचाउँछ भन्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal