आज :

टी–२० विश्वकप : आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने

  • अनलाइन डबली

काठमाडौं । आईसीसी टी–२० विश्वकपको (सुपर ८) को पाँचौं खेलमा आज इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।

श्रीलंकाको क्यान्डीस्थित पल्लेकेलेमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । पहिलो खेलमा घरेलु टोली श्रीलंकालाई हराउँदै इङ्ल्याण्डले सेमिफाइनल समीकरण बलियो बनाउँदा १ अंक जोडेको पाकिस्तानलाई यो जितले अर्को चरण पुग्न सहज बनाउने छ ।

इङ्ल्याण्ड र पाकिस्तानका लागि समूह २ को आफ्नो दोस्रो खेल सेमिफाइनलको बाटो तय गर्न निकै निर्णायक हुनेछ । पाकिस्तानविरुद्ध विजयी भए इङ्ल्याण्डको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ । यी दुईबीच ट्वेन्टी ट्वेन्टी ढाँचाको क्रिकेटमा इङ्ल्याण्डको पल्ला भारी छ ।

यो फरम्याटमा अहिलेसम्म भएका कुल ३१ खेल मध्ये इङ्ल्याण्डले २१ र पाकिस्तानले ९ खेल जितेको छ । १ खेल नतिजा विहिन भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal