आज :

टी–२० विश्वकपः भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

  • अनलाइन डबली

काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्र्तगतको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले भारतमाथि सानदार जित हासील गरेको छ ।
आइतबार बmेलुका भएको खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको जित हासील गरेको हो । भारतको अहमदाबाद स्थीत नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउने क्रममा भारत १८.५ ओभरमा १ सय ११ रन बनाएर अलआउट भयो ।
भारतका लागि शिवम दुबेले ३७ बलमा सबैभन्दा बढी ४२ रनको योगदान गरे, ओपनर अभिषेक शर्माले १५ रन र कप्तान सूर्यकुमार यादव र हार्दिक पान्ड्याले समान १८ रनमात्रै जोडे ।
दक्षिण अफ्रिकी बलरमध्ये मार्को जेनसेनले ४ विकेट र केशव महाराजले ३ विकेट लिए । टस जितेर पहिले ब्याटिङको रोजेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतीमा १ सय ८७ रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal