आज :

इजरायली हवाई आक्रमणमा लेबनानमा कम्तीमा १२ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

  • अनलाइन डबली

काठमाडौं । इजरायलले पूर्वी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएका छन् । लेबनानी अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायल ले जनाएको छ कि आक्रमण इजरायली रक्षा बलले हिजबुल्लाहका कमाण्ड केन्द्रलाई लक्षित गरी गरेको हो ।

यसैबीच, दक्षिणी लेबनानमा हमासका लक्ष्यविरुद्ध गरिएको छुट्टै ड्रोन आक्रमणमा थप दुई जनाको मृत्यु भएको छ । नोभेम्बर २०२४ मा अमेरिका मध्यस्थतामा भएको युद्धविरामपछि यी आक्रमणहरू सबैभन्दा घातक मानिएका छन् । आईडीएफले विज्ञप्ति जारी गर्दै बेकाआ उपत्यकाको बालबेक क्षेत्रमा हिजबुल्लाहको मिसाइल फोर्ससँग सम्बन्धित तीनवटा कमाण्ड सेन्टरमा प्रहार गरिएको जनाएको छ ।

सेनाले ती आक्रमणमा “धेरै संख्यामा अपरेटिभहरू” मारिएको दाबी गर्दै उनीहरू इजरायलविरुद्ध रकेट तथा मिसाइल आक्रमणको तयारीमा संलग्न रहेको आरोप लगाएको छ । हिजबुल्लाहले भने आठ जना आफ्ना सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । मृतकमध्ये हुसेन मोहम्मद यागी नामक एक “कमाण्डर” समेत रहेको बताइएको छ, जसले संगठनमा उच्च पद सम्हालेको जनाइएको छ । हिजबुल्लाहले उनीहरू “बेकाआ क्षेत्रमा भएको विश्वासघाती इजरायली आक्रमणविरुद्ध लेबनान र जनताको रक्षा गर्ने क्रममा” मारिएको जनाएको छ ।

बेइरुटमा आयोजित विरोध प्रदर्शनमा बोल्दै हिजबुल्लाहका वरिष्ठ अधिकारी महमुद कामातीले आक्रमणलाई “नयाँ नरसंहार” को संज्ञा दिएका छन् । उनले “आफ्नो देश र जनताको रक्षा गर्न प्रतिरोध बाहेक अर्को विकल्प नरहेको” बताएका छन् । आईडीएफले भने हिजबुल्लाहका मिसाइल फोर्सहरू सक्रिय रूपमा इजरायलविरुद्ध रकेट तथा मिसाइल आक्रमणको योजना बनाइरहेको र त्यो गतिविधि नोभेम्बर २०२४ को युद्धविराम सम्झौताको उल्लङ्घन भएको दाबी गरेको छ ।

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी सहर सिडोन नजिकैको ऐन अल–हिलवे प्यालेस्टिनी शरणार्थी शिविरमा गरिएको इजरायली ड्रोन आक्रमणमा दुई जनाको मृत्यु भएको छ । आईडीएफले उक्त स्थल हमासको कमाण्ड सेन्टर रहेको र त्यहाँबाट इजरायली सेना तथा नागरिकविरुद्ध आक्रमणको योजना बनाइँदै आएको दाबी गरेको छ । हमासले भने उक्त आरोप अस्वीकार गर्दै लक्षित स्थल शिविरको संयुक्त सुरक्षा बलको कार्यालय भएको जनाएको छ, जसले शिविरभित्र सुरक्षा व्यवस्थापन गर्दै आएको बताइएको छ । गाजा क्षेत्रमा जारी युद्धको पृष्ठभूमिमा इजरायलले हिजबुल्लाहलाई पुनः सशक्त हुन नदिन कारबाही जारी राखेको जनाएको छ ।

सन् २०२३ अक्टोबर ८ देखि सुरु भएको दैनिक रकेट आक्रमण रोक्न इजरायलले दक्षिणी लेबनानमा स्थल आक्रमणसमेत गरेको थियो । त्यसपछि भएको दुई महिनाको खुला द्वन्द्व अन्त्य गर्दै नोभेम्बर २०२४ मा युद्धविराम सम्झौता भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal