आज :

सर्लाहीमा निर्वाचन तयारी तीव्र : मतपत्र बाहेक सबै सामग्री जिल्ला आइपुग्यो

  • अनलाइन डबली

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा तयारी तीव्र पारिएको छ ।
जिल्ला निर्वाचन कार्यालय मलङ्गवामा मतपत्रबाहेकका सम्पूर्ण निर्वाचन सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए ।
आयोगबाट प्राप्त हुने र जिटूजी प्रक्रियामार्फत खरिद गरिएका सबै सामग्री सुरक्षाकर्मीको उपस्थितिमा प्याकिङ भइरहेको छ । प्याकिङ सकिएपछि ती सामग्री मतदानअघि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइनेछ । चारवटै निर्वाचन क्षेत्रका मतपत्र भने फागुन १० गतेपछि मात्र आउने जनाइएको छ ।
जिल्लाभर चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थलअन्तर्गत ६२८ मतदान केन्द्र तोकिएका छन् । यसपटक ३ हजार ७६८ कर्मचारी खटाइनेछन् ।
प्रत्येक केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहायक कर्मचारी रहनेछन् भने आवश्यकताअनुसार दुई स्थानीय सहयोगीसमेत खटाउन सकिने मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।
कर्मचारीलाई केन्द्र तोक्ने र तालिम दिने काम अघि बढेको छ । निर्वाचन सुरक्षाका लागि पनि तयारी सुदृढ गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार काठमाडौंसहित विभिन्न गणबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप जनशक्ति परिचालन भइरहेको छ ।
सरकारी संयन्त्र तयारीमा जुटेसँगै जिल्लामा चुनावी चहलपहल बढ्दै गएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal