आज :

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

  • अनलाइन डबली

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो ।

दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपालको लक्ष्य केही हदसम्म माथि उकासे । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन्। यसअघि सुवास प्याकुरेलले अर्धशतक बनाएका थिए । दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे।

लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए । यो खेल दुबै टोलिका लागि महत्वपूर्ण छ । यसअघिका दुई खेल हारेको नेपाल आजको खेल हारेमा प्रतियोगिताको सुपर एटबाट एक खेल अगावै बाहिरिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal