आज :

टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल

  • अनलाइन डबली

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाली टोली आज वेस्ट इन्डिजटोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि बाँकी खेलहरू अत्यन्तै महत्वपूर्ण बनेका छन्।

प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर–८ मा पुग्ने संघारमा रहेको छ ।
आजको खेल जितेमा वेस्ट इन्डिज अर्को चरणमा पुग्नेछ भने नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ ।

वेस्ट इन्डिजले दुई पटकको टी–२० विश्वकप जितिसकको छ । उसले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो ।

आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा वेस्ट इन्डिज सातौं स्थानमा छ र कप्तान शाइ होपको नेतृत्वमा रहेको टोली पावर हिटिङका लागि परिचित छ ।

आजको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलमाथि फेरि ध्यान केन्द्रित हुनेछ । साथै दीपेन्द्रसिंह ऐरीबाट अलराउन्ड प्रदर्शनको अपेक्षा गरिएको छ । बलिङतर्फ सन्दीप लामिछाने निर्णायक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal