आज :

सोलुखुम्बुमा प्रधानमन्त्री कार्की समक्ष निर्वाचन तयारी ब्रिफिङ

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिने क्रममा सोलुखुम्बु र भोजपुर जिल्लाको भ्रमण गरेकी छन् । प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा र सरकारी निकायका अधिकारीहरुसँग छलफल गरेकी हुन् ।

सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङदेम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो ।

सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेल र प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन तयारीबारे जानकारी गराएका थिए । शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको, यहाँको जनजीवन शान्त रहेको र हालसम्म मौसमी प्रतिकूलता पनि नदेखिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

विगत केही वर्षयताको मौसमी विवरण हेर्दा फागुनमा हिमपात भएका घटना कम रहेको पनि उनले बताए । केही गरी हिमपात भइहाले उच्च हिमाली क्षेत्रका केही स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन सक्ने उनको भनाइ थियो । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् ।

‘यो निर्वाचन सामान्य अवस्थाको नियमित प्रकृतिको नभएर विशेष अवस्थामा हुन लागेको हो। त्यसैले यसलाई विशेष तयारीका साथ सम्पन्न गर्नुपर्छ । सकेसम्म धेरै मतदाता सहभागी गराउन हाम्रो प्रयास रहनुपर्छ । स्वतन्त्र र विश्वसनीय वातावरणमा धेरैभन्दा धेरै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ । त्यसका लागि हामीले सकेको सबै प्रयत्न गर्छौँ, गर्नुपर्छ । फागुन २१ गते एकै दिनमा देशभर एकसाथ निर्वाचन हुन्छ ।’

सल्लेरीबाट प्रधानमन्त्री कार्की नेतृत्वको टोली भोजपुर पुगेको थियो । भोजपुरमा पनि उनले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग अन्तक्र्रिया गरिन् ।त्यसक्रममा जिल्लामा भइरहेको निर्वाचनको तयारी र सुरक्षा योजनाका विषयमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal