आज :

काठमाडौंमा मनाइयो सुरक्षित इन्टरनेट दिवस, साइबर बाल सुरक्षाका विषयमा चासो

  • अनलाइन डबली

काठमाडौं । एड उइलका साझेदार संस्थाहरूले विविध कार्यक्रमका साथ काठमाडौंमा इन्टरनेट सुरक्षित दिवस मनाएका छन् ।
सिविन नेपालद्वारा आयोजित कार्यक्रममा इन्टरनेट प्रविधिको बढ्दो प्रयोगसँगै जोखिम पनि बढेको सरोकारवालाहरूले बताएका थिए । उनीहरूले सामाजिक सञ्जालका विभिन्न माध्यमलाई सहि ढंगले सदुप्रयोग गर्नुपर्ने विषय औल्याए ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका बाल संरक्षण शाखाका दुर्गा प्रसाद चालिसेले सरकारले बालबालिकाको हकममा थुप्रै काम गर्दै आइरहको बताएका छन् । प्रविधिको विस्तारबाट कोही पनि अछुतो रहन नसक्ने बताउँदै उनले त्यसको सुरक्षित प्रयोगमा भने चनाखो हुनुपर्ने बताए ।
बालबालिका मात्रै नभएर अभिभावक पनि इन्टरनेटको प्रयोगबाट प्रभावित भइरहेको उनले बताए । बालबालिकाको हकमा मन्त्रालयले विभिन्न संघ संस्थासँग समन्वय गरेर थुप्रै कार्यक्रम समेत गर्दै आइरहेको उनले बताए ।
नेपाल प्रहरीको साइबर ब्यूरो प्रमुख नायव प्रहरी महानिरीक्षक नविन अर्यालले अनलाइन प्रविधिको बढ्दो प्रयोगले गर्दा साइबर सम्बन्धीका घट्ना बढ्दै जान थालेको बताए । बालबालिकामा बढ्दो सामाजिक सञ्जालको प्रयोगले गर्दा साइबरका घट्ना बढ्दै गएको उनले बताए ।
बालबालिकालाई साइबर सुरक्षाबाट जोगाउन सामाजिक सञ्जाल सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने उनले औंल्याए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्दिरादेवी ढकालले सामाजिक सञ्जाललगायत एआईले व्यक्तिमा सिकाइका अवसर दिएको बताइन् ।
प्रविधिको प्रयोगले मानिसमा गभिर जोखीमसँगै गलत सूचनासमेत दिने गरेकाले त्यसबाट भने सुरक्षित हुनुपर्ने धारणा उनले राखिन् । उनले अनलाइन सुरक्षाका लागि डिजिटल सम्बन्धी नीति बनाउन आवश्यक रहेको बताइन् ।
सिवीन नेपालका अध्यक्ष माधव प्रधानले आगामी दिनमा देशभर साइबर सुरक्षाबारे जनचेतनामूलक कार्यक्रम गर्ने आफूहरूको रणनीति रहेको बताए । यस वर्ष ६० जना बालबालिकालाई यस कार्यक्रममा सहभागिता गराएको भए पनि अगामी वर्षमा एक सय बढी बालबालिकालाई यस्ता कार्यक्रममा सहभागि गराउने आफूहरूको लक्ष्य रहेको उनले सुनाए ।
कार्यक्रममा सुचना प्रविधि तथा सञ्चार मन्त्रालयका उपसचिव राजकुमार महर्जन, सिविनका कार्यकारी निर्देशक कुमार भट्टराई, डिटिएच नेदरल्याण्डकी नेपाल प्रतिनिधि निता श्रेष्ठलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा इन्टरनेट सुरक्षाबारे जनचेतनामूलक नाटकसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रमको सहजीकरण सिविन नेपालका कार्यक्रम निर्देशक माधव लोहनीले गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal