आज :

विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

  • अनलाइन डबली

काठमाडौं । विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।

ललितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त प्रदर्शनी विराटनगर स्थित माडवाडी सेवा सदनमा फागुन ४ गतेसम्म सञ्चालन हुने छ ।

ललितकला अन्तर्गत लोककला, चित्रकला, परम्परागत कला, कार्टुन कला, मूर्तिकला, हस्तकला तथा अन्य सृजनात्मक कलाका कृतिहरू प्रदर्शनीमा समावेश गरिने छ ।

कला र संस्कृतिको माध्यमबाट प्रदेशलाई सशक्त र पहिचानयुक्त बनाउन प्रादेशिक ललितकला आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीमा १६४ जना सर्जकहरूको दुई सय वटा कलाकृतिहरू समावेश गरिने छ । जस अन्तर्गत आधुनिक चित्रकलातर्फ एक सय जना, परम्परागत कलामा ५ जना, मूर्तिकलामा १७ जना, लोककलामा १० जना, हस्तकलामा १० जना तथा अन्य सृजनात्मक कलातर्फ १७ जना सहभागी हुने छन् ।

प्रदर्शनीका लागि हाल १४ वटा जिल्लाबाट विभिन्न विधाका कला कृतिहरू संकलन गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal