आज :

जन्तेढुंगामा विवाह भोज खाएकालाई ‘फुड पोइजन’ !

  • अनलाइन डबली

विराटनगर । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित निगालबासमा सामूहिक झाडापखालाको प्रकोप देखिएको छ ।
स्थानीय विवाह भोजमा सहभागी व्यक्तिहरूमा एकैसाथ झाडापखाला, वान्ता, ज्वरो तथा टाउको दुखाइका लक्षण देखापरेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन् ।
गत माघ २१ गते आयोजित एक विवाह कार्यक्रममा करिब २५० जना सहभागी थिए । सोही कार्यक्रमा गएर भोज खाएका व्यक्तिहरूमध्ये पहिलो बिरामी माघ २२ गते राति १ बजे चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका थिए ।
प्रारम्भिक चरणमै ४ देखि ७ जनामा उल्टी, झाडापखाला र पेट दुख्ने समस्या देखिएपछि पालिकाको द्रुत प्रतिक्रिया टोली सक्रिय गरिएको थियो ।
बिरामीको संख्या क्रमशः बढ्दै एकसय जनासम्म पुगेपछि स्वास्थ्यकर्मीहरू घर–घरमै पुगेर उपचारमा खटिएका थिए । सोही दिन जिल्ला स्तरीय द्रुत प्रतिक्रिया टोली पनि परिचालन गरिएको थियो ।
उपचारमा खटिएका स्वास्थ्यकर्मी योगेश कटुवालले नेपाल न्यूज बैंकसँग टेलिफोन संवादमा भने, ‘विवाह भोज खाएकामै यस्ता लक्षण देखिएका छन् । अहिले पनि कतिपय स्थानीय स्वास्थ्य जाँचका लागि आइरहनुभएको छ । फुड पोइजन भएर यस्तो भएको हो ।’
घटनाको जानकारी प्राप्त भएपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालय, जन्तेढुंगा गाउँपालिका तथा चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकसहितको टोली घटनास्थल पुगेर अनुगमन तथा प्रारम्भिक अनुसन्धान गरेको थियो ।
कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर राई स्वयं घटनास्थल पुगेर अवस्थाबारे जानकारी लिँदै बिरामीहरूको उपचारमा कुनै कसर बाँकी नराखिने बताएका छन् ।
हाल अधिकांश बिरामीको अवस्थास्थिर रहँदै क्रमशः सुधारोन्मुख रहेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । घटनाको विस्तृत कारण पत्ता लगाउन नमुना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कल्चर परीक्षणका लागि पठाइएको बताइएको छ ।
कोशी प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले भने, ‘कोभिड–१९ को कठिन समय होस् वा अन्य कुनै परिस्थिति, सम्भव भएसम्म जनताको सेवामा मेरो जीवन सधैं हाजिर छ ।’
उनले राजनीति गर्नु भनेको देश र नागरिकप्रति जीवन समर्पण गर्नु भएको उल्लेख गर्दै उपचार र व्यवस्थापनमा कुनै कमी हुन नदिइने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal