आज :

नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो : प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको दाबी गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका महत्वपूर्ण नेताहरू पार्टीमा समायोजन भएको उल्लेख गरे । समायोजन भएर आएका नेताहरूले एमाले किन छाडे भन्ने विषयमा आफ्ना धारणा प्रस्तुत गर्दा केपी शर्मा ओलीप्रति केही आग्रह–पूर्वाग्रह देखिएको टिप्पणी गरे ।

प्रचण्डले भने, ‘समायोजन भएर आउनुभएका नेताहरूले केपी ओली के हो र देशलाई कहाँ लैजान खोज्दै छन् भन्ने विषयमा धारणा राख्नुभयो । त्यसमा केही आग्रह र पूर्वाग्रह देखिएको छ ।’ उनले आफूले सधैं ‘स्वर्ग र नर्क’ को प्रसंग उठाउँदै आएको पनि स्मरण गराए ।

उनले नेपाली कम्युनिष्ट पार्टी देशको असाधारण राजनीतिक परिस्थितिमा विशेष पहलका साथ अगाडि बढाइएको पार्टी भएको बताए । ‘सबै वामपन्थी कम्युनिष्ट र समाजवादी शक्तिलाई एकताबद्ध गर्दै राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ गहिरो आत्मसमीक्षा र संकल्पबाट यो पार्टी निर्माण गरिएको हो ।’ उनले भने ।

साथै, पछिल्लो समय सामाजिक सञ्जालमा ‘नयाँ’ भन्दै गरिएको हल्लाप्रति संकेत गर्दै प्रचण्डले नेपालमा आफूहरूभन्दा नयाँ शक्ति कोही नभएको दाबी गरे । उनले भने, ‘आजभोली नयाँ नयाँ भनेर सोसल मिडियाभरी निकै नै होहल्ला गरिएको छ । नेपालमा हामी भन्दा नयाँ कोही पनि छैन । नेपाली कम्युनिष्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो । किनकी यो गणतन्त्रको बाहक हो । संघीयताको बाहक हो ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal