आज :

वीर गणेशमान सिंहको स्मृतिमा तेक्वान्दो प्रतियोगिता हुने

  • अनलाइन डबली

काठमाडौं महानगरपालिका वडा नम्बर २२ र सहआयोजक संकटा क्लबको आयोजनामा वीर गणेशमान सिंहको स्मृतिमा  तेक्वान्दो प्रतियोगिता हुने भएको छ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा वीर गणेशमान सिंहको स्मृतिमा नेपालको तेक्वान्दो खेल विकासमा टेवा पुऱ्याउने उद्देश्यले पहिलोपल्ट रनिङ शिल्डसहित तेक्वान्दो प्रतियोगिता आगामी माघ २३ र २४ गते गर्न लागेको आज आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रतियोगिता काठमाडौं महानगरपालिकाभित्रका खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्य गर्न लागिएको आयोजको भनाइ रहेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका महान योद्धा वीर गणेशमान सिंहको स्मृतिमा आयोजना हुन लागेको यस प्रतियोगिता संकटा टेबहाल परिसरमा सञ्चालन हुने छ । यस प्रतियोगितामा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कुल ६ सय ४० खेलाडी सहभागी हुने अनुमान गरिएको छ । त्यसमा पुरुष तीन सय २० र महिला तीन सय २० खेलाडी रहनेछन् । प्रत्येक टिमबाट अधिकतम् २० जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको प्राविधिक सहयोग नेपाल तेक्वान्दो संघले प्रदान गर्नेछ। प्रतियोगितामा ग्योरोगी ( Kyorugi) तर्फ पुरुष र महिलामा समान आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । फाइटमा महिलातर्फ २०-२४ केजी, २४-२८ केजी, २८-३२ केजी, ३२-३६ केजी, ४०-४४ केजी, ४४-४८ केजी र ४८-५२ केजी तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ पनि सोही तौलसमूहमा खेल हुनेछ । यसैगरी, एकल पुम्से (Poomsae) तर्फ पुरुष तथा महिलामा दुई उमेरसमूह १२ वर्षमुनि र १२ वर्षदेखि १६ वर्षसम्म प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल २० स्वर्ण, २० रजत र ४० कास्य पदक प्रदान गरिनेछ । खेलाडीहरूलाई पदकसँगै नगद पुरस्कारको व्यवस्था पनि गरिएको छ । स्वर्ण पदक विजेताले तीन हजार, रजत पदक विजेताले दुई हजार र कांस्य पदक विजेताले एक हजार नगद पुरस्कारका साथै पदक प्राप्त गर्नेछन् । टिम च्याम्पियनले ट्रफी पनि पाउनेछ ।
उक्त प्रतियोगिता सञ्चालनका लागि अनुमानित १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले महानगरस्तरमा तेक्वान्दो खेलको विकास, खेलाडीहरूको प्रतिभा पहिचान तथा युवा पुस्तामा खेलकुदप्रतिको आकर्षण बढाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal