आज :

सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या

  • अनलाइन डबली

सिरहा । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ। सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेन्नाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो ।
स्थानीयका अनुसार यादव वडा नम्बर–७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेश कुमार यादवले खेत जोतिरहेका बेला गोली प्रहार गरी हत्या गरिएको भन्ने खबर आफूले पनि पाएको बताए। उनले भने, ‘मैले पनि गोली हानी हत्या गरिएको भन्ने जानकारी पाएको छु । घटनाको थप विवरण बुझ्ने काम भइरहेको छ। म हाल घर बाहिर रहेकाले अस्पतालतर्फ जाँदैछु ।’
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी रमेश बहादुर पालले प्रारम्भिक अनुसन्धानबाट गोली हानी हत्या गरिएको देखिएको जानकारी दिए । उनले भने, ‘घटनास्थलको अवस्था हेर्दा गोली प्रहार गरेर हत्या गरिएको देखिन्छ। तर कसले र किन गोली हानेको भन्ने विषय हालसम्म खुल्न सकेको छैन। यस विषयमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।’
घटनापछि स्थानीयवासीहरू त्रसित बनेका छन् भने प्रहरीले दोषीको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र पारेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal