आज :

राष्ट्रपति पौडेल माघ १८ गते जापानको औपचारिक भ्रमणमा जादैँ

  • अनलाइन डबली

काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणमा जाने भएको छ ।
परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमण मुख्यतः ७०औँ वार्षिकोत्सवको उत्सव मनाउने उद्देश्यमा केन्द्रित रहनेछ ।
भ्रमणका क्रममा कुनै पनि द्विपक्षीय सम्झौता, सन्धि वा एमओयुमा हस्ताक्षर गर्ने तयारी भने नरहेको स्पष्ट गरिएको छ ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता आपसी सम्मान, मित्रता र सहकार्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको छ ।
जापान नेपालका प्रमुख विकास साझेदारमध्ये एक राष्ट्रका रूपमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आएको छ । दुवै देशबीच जनस्तरको सम्बन्ध पनि उत्तिकै सुमधुर रहँदै आएको छ ।

परराष्ट्र सचिव राईका अनुसार राष्ट्रपति पौडेल फेब्रुअरी १ तारिख राति जापान प्रस्थान गर्नेछन् र २ तारिख टोकियो पुग्नेछन् ।

फेब्रुअरी २ मा जापानका विदेश राज्यमन्त्रीसँग शिष्टाचार भेट, जापानी व्यापारिक समुदायलाई सम्बोधन तथा ७०औँ वार्षिकोत्सवको सन्दर्भमा आयोजना गरिने औपचारिक स्वागत समारोहमा सहभागिता हुनेछन् ।

यस्तै, फेब्रुअरी ३ मा जापानका सम्राट नारुहितो तथा प्रधानमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटघाट गर्नेछन् भने सोही दिन साँझ टोकियोस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा राष्ट्रपति पौडेलले नेपाली तथा जापानी समुदायलाई सम्बोधन गर्नेछन् ।

राष्ट्रपति पौडेल फेब्रुअरी ४ तारिकमा स्वदेश फर्किर्ने कार्यक्रम तय गरिएको परराष्ट्र सचिव राईले जानकारी दिए । भ्रमणका क्रममा औपचारिक सम्झौता नहुने भए पनि उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

विशेष गरी नेपालमा चासो राख्ने जापानी लगानीकर्ताहरूको सानो समूहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसबाट आगामी दिनमा निजी क्षेत्रको लगानी र जापानबाट प्राप्त सहयोगमा वृद्धि हुने अपेक्षा सरकारको छ ।

राष्ट्रपति पौडेलको भ्रमण दलमा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीसहित करिब १५ जना सहभागी रहनेछन् । भ्रमणका लागि दुवैपटक नेपाल वायुसेवा निगमको जहाज प्रयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal