आज :

भारतले आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै

  • अनलाइन डबली

काठमाडौं । भारतले संविधान लागू भएको ऐतिहासिक दिनको स्मरणमा आज ७७ औँ गणतन्त्र दिवस भव्य रूपमा मनाउँदैछ । राजधानी नयाँ दिल्लीस्थित कर्तव्य पथमा आयोजना हुने मुख्य समारोहको नेतृत्व राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् ।

यस वर्षको समारोहमा युरोपेली काउन्सिलका राष्ट्रपति एन्टोनियो कोस्टा र युरोपेली आयोगकी राष्ट्रपति उर्सुला भोन डर लेयेन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । राष्ट्रपति भवनदेखि राष्ट्रिय युद्ध स्मारकसम्म फैलिएको कर्तव्य पथ भारतको संविधान, सांस्कृतिक विविधता, सैन्य शक्ति र विकास यात्रालाई झल्किने गरी सजाइएको छ ।

समारोह बिहान १०ः३० बजे सुरु हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय युद्ध स्मारकमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेपछि परेड अवलोकन गर्नेछन् । परेडमा थलसेना, नौसेना र वायुसेनाका आकर्षक झाँकी, अत्याधुनिक हतियार प्रणाली, मिसाइल, ट्याङ्क, ड्रोन प्रविधि र स्वदेशमै विकसित रक्षा उपकरण प्रदर्शन गरिनेछ । यस वर्ष पहिलो पटक भारतीय सेनाको ब्याटल एरे फम्र्याट प्रस्तुत गरिनेछ ।

साथै, परमवीर चक्र र अशोक चक्र प्राप्त वीरहरूलाई सम्मान गरिनेछ । ‘विविधतामा एकता’ र ‘आत्मनिर्भर भारत’को सन्देशसहित ३० वटा झाँकीले भारतको सांस्कृतिक सम्पदा र प्रगतिलाई उजागर गर्नेछन् । एएनआई

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal