आज :

पर्यटक उद्धारको नाममा फेक रेस्क्यु धन्दा, तीन करोड रुपैयाँ शंकास्पद कारोबार

  • अनलाइन डबली

काठमाडौं । नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानुनी गतिविधि भइरहेको तथ्य खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको जानकारी दिए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सिआइबी प्रमुख केसीले करिब साढे दुई महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान अघि बढाइएको बताए ।

अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंकबाट प्राप्त एक हजारभन्दा बढी कारोबारको विवरण अध्ययन गरिएको उनले बताए । केसीका अनुसार प्रारम्भिक चरणमा ‘माउन्टेन रेस्क्यु सर्भिस’ का १ हजार २४८ वटा कारोबारमध्ये १७१ वटा शंकास्पद देखिएका छन् ।

यस्तै, ‘नेपाल चाटर्ड सर्भिस’ का ४७१ कारोबारमध्ये ७५ वटा शंकास्पद रहेको पाइएको छ । अनुसन्धानका क्रममा करिब तीन करोड रुपैयाँ बराबरको शंकास्पद ट्रान्जेक्सन देखिएको सिआइबीले जनाएको छ ।

उनले भने, ‘साढे दुई महिनाभित्रमा हामीले फेक रिर्सच सम्बन्धि एउटा छुटै युनिट कार्यदल बनाएर कार्य गर्यौं । हजार भन्दा बढी राष्ट्र बैंकबाट प्राप्त रमकहरुको अनुसन्धान गर्यौं । डाटाहरु हेर्दा पहिलो चरणमा माउन्टेन रेस्क्यु सर्भिस भन्नेले १२४८ वटा मध्ये एक सय ७१ वटा शंकास्पद देखियो । नेपाल चाटर्स सर्भिसले ४७१ मा ७५ जना शंकास्पद् छ । लगभग तीन करोड चाँही शंकास्पद् ट्रान्जेक्सन देखिएको अवस्था छ । धेरै समय र धेरै अनुसन्धान गर्यौं । हामीसँग प्रमाण भएको कुरा कानुनी दायरामा ल्याउनुपर्छ भनेर लागेका छौं । नक्कली उद्धार अहिले पनि भइरहेको छ । पहिला मात्रै होइन ।’

उनले नक्कली उद्धारको गतिविधि विगतमा मात्र नभई हाल पनि भइरहेको दाबी गर्दै यसप्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि अनुसन्धानलाई निरन्तरता दिइने बताए । यसैगरी सीआईबीले २ हजार भन्दा बढी रेस्क्युको अनुसन्धान गरेको जनाएको छ ।


Download All
photo-2_0a9108eb.jpg

492.3KB
photo-18_0a8cc299.jpg

654.2KB
photo-17_6e648c92.jpg

627.6KB
photo-16_b7e070bf.jpg

688.9KB
photo-15_5d4414eb.jpg

592.7KB
photo-14_1b6f08d3.jpg

742.5KB

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal