आज :

कराँतेका अन्तर्राष्ट्रिय पदक विजेता मल्ल मुगुमा चुनावी मैदानमा

  • अनलाइन डबली

काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा कराँतेका अन्तर्राष्ट्रिय पदक विजेता ऐटन कुमार मल्ल चुनावी मैदानमा उत्रिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट मल्ल चुनावी मैदानमा उत्रिएका हुन् ।

कराँतेका सिनियर खेलाडी तथा प्रशिक्षक समेत रहेका मल्ल उम्मेदवारी दर्तापछि घरदैलामा पुगिरहेका छन् । शाहसी, निडर, अनुशासित र इमान्दारको पहिचान बनाएका मल्ल चुनावी मैदानमा उत्रिएपछि खेलाडी र युवाहरु खुशी भएका छन् । उनिहरुले मल्लको उम्मेदवारीले खेलाडीहरुको सान बढाएको बताउँदै जिताउन लागिपर्ने बताएका छन् ।

‘अन्तर्राष्ट्रिस्तरमा समेत नेपालको पहिचान स्थापित गरिसक्नुभएका खेलाडी तथा प्रशिक्षक उम्मेदवार बनेपछि हामीलाई खुशी लागेको छ, उहाँको जितेपछि समग्र विकाससँगै खेल र खेलाडीको विकास तथा सान बढाउनुहुनेछ भन्ने हामीलाई विश्वास लागेको छ’ जिल्लाका एक युवाले भने ।

नेपाल सितोरियो कराते डो संघले मल्ललाई जितको शुभकामना दिएको छ । छायाँनाथरारा नगरपालिकाका स्थायीबासी मल्ल लामो समयदेखि खेलसँगै समाज सेवामा सक्रिय रहँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal