आज :

सर्लाहीका १ सय ५८ मतदानस्थल अतिसंवेदनशील

  • अनलाइन डबली

जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा कुल ३१२ मतदानस्थल रहेका छन्। तीमध्ये १५८ अतिसंवेदनशील, १३१ संवेदनशील र बाँकी २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सामाजिक, राजनीतिक, भौगोलिक अवस्था र सीमावर्ती क्षेत्रको जोखिम मूल्याङ्कनका आधारमा वर्गीकरण गरिएको जानकारी दिए।

जोखिम स्तरअनुसार नै निर्वाचन सुरक्षा रणनीति तयार पारिएको र सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ कडरियाको भनाइ छ ।
यसपटक सुरक्षा समितिको सिफारिसमा केही मतदानस्थल र मतदान केन्द्रको स्थानसमेत हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए ।

निर्वाचन कार्यालयका अनुसार सर्लाहीका मतदाताले ३१२ मतदानस्थलमा स्थापना हुने ६२८ मतदान केन्द्रमार्फत मतदान गर्नेछन्। निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ३० हजार ८७१ मतदाताका लागि ७८ मतदानस्थलमा १५७ मतदान केन्द्र तोकिएका छन्। क्षेत्र नम्बर २ मा १ लाख २५ हजार ३११ मतदाताका लागि ७७ स्थानमा १५८ केन्द्र रहनेछन्।

त्यसैगरी, क्षेत्र नम्बर ३ मा १ लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ केन्द्र स्थापना गरिनेछ भने क्षेत्र नम्बर ४ मा १ लाख २१ हजार १२ मतदाताका लागि ८१ मतदानस्थलमा १५४ मतदान केन्द्र रहनेछन्।

आसन्न निर्वाचनमा सर्लाहीबाट कुल ५ लाख ११ हजार ६०६ मतदाताले मतदान गर्नेछन्। तीमध्ये २ लाख ७८ हजार ८३७ पुरुष, २ लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य लिङ्गका मतदाता रहेका छन्। विसं २०७९ को निर्वाचनपछि जिल्लामा २२ हजार ५९५ नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal