आज :

मकवानपुरको सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

  • अनलाइन डबली

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

उक्त दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा –भीमफेदी – कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय रामवली साह घाइते भएका थिए ।

प्रहरीका अनुसार घाइते तीनै जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा सहचालक रोहनको बिहीबार बिहानै मृत्यु भएको हो । घाइते पासवान र साहको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बोलेरो गाडीमा रहेको ५ सय वटा कुखुरा मध्ये ३ सय वटा मरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal