काठमाडौं । पाकिस्तानी खानाका परिकारहरु फुड फेस्टिभल–२०२६ हुने भएको छ ।पाकिस्तान दूतावासको सहकार्यमा आयोजना फुड फेस्टिभल २०२६ को टिकट बुकिंगको लागि क्युआर कोड बात गर्न सकिने भएको छ ।
यो खाना महोत्सव आगामी फेब्रुअरी ५ देखि ७ सम्म अलफ्ट होटलमा आयोजना हुने भएको हो ।
तीन दिनसम्म सञ्चालन हुने यस फेस्टिभलमा पाकिस्तानका चर्चित तथा परम्परागत परिकारहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।
फेस्टिभलमा बिरयानी, कबाब, कराही, नान, हलीम, टिक्का, मिठाइलगायत विभिन्न पाकिस्तानी स्वादिष्ट खानाका परिकारहरू एकै ठाउँमा चाख्न सकिनेछ।
फेस्टिभलमा सहभागी हुन प्रति व्यक्ति प्रवेश शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको छ। कार्यक्रम इलेभेन इलेभेनद्वारा क्युरेट गरिएको हो भने पर्ल–कन्टिनेन्टल होटल्स एन्ड रिसोर्ट्स क्युलिनरी पार्टनर रहेको छ। ट्राभल पार्टनरका रूपमा गुल अहमद रहेको छ।
यस फुड फेस्टिभलले नेपाल–पाकिस्तानबीचको सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार फेस्टिभलले काठमाडौंवासी तथा पर्यटकहरूलाई पाकिस्तानी खानाको मौलिक स्वादसँग परिचित गराउनेछ।


अनलाइन डबली


