आज :

राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न सर्लाही प्रशासनको आग्रह

  • अनलाइन डबली

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका कार्यक्रममा आवतजावत गर्ने क्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको हो ।

यसका साथै, जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा क्रियाशील राजनीतिक दल तथा दलनिकट संघ संस्थाहरूले राजनीतिक सभा, सम्मेलन, जुलुसलगायतका कार्यक्रम आयोजना गर्दा अनिवार्य रूपमा कार्यालयलाई पूर्वजानकारी गराई अनुमति लिनुपर्नेछ । अनुमति बिना कुनै पनि राजनीतिक कार्यक्रम सञ्चालन नगर्न आग्रह गरिएको छ ।

सूचनामा राजनीतिक कार्यक्रममा सहभागी हुन जाने आउने क्रममा सरकारी सवारी साधन प्रयोग नगर्न स्पष्ट रूपमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नियम विपरीतका गतिविधि भए कानुनी कारबाही गरिने जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal