आज :

बालसाहित्य महोत्सव माघ ११ देखि हुने

  • अनलाइन डबली

काठमाडौं । तेस्रो बृहत् बालसाहित्य महोत्सव माघ ११ देखि हुने भएको छ । नेपाल बालसाहित्य समाज, ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजनामा पाटन दरबार संग्रहालयमा माघ ११, १२ र १३ तीनदिने महोत्सव हुन लागेको ललितपुर महानगरपालिकाका सामुदायिक विकास शाखाका वरिष्ठ अधिकृत सरिता महर्जनले जानकारी दिएकी छन् ।

महोत्सवमा बाल साहित्यसम्बन्धी कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकारसम्बन्धी विभिन्न विषयमा सामूहिक छलफल, बालसाहित्यका पुस्तक विमोचन, अन्तक्र्रिया र संग्रहालय प्रदर्शनीलगायतका आकर्षण रहनेछन् ।

महोत्सवमा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागितामा नृत्य,गायन, नाटक, कविता÷कथावाचन लगायतका कार्यक्रम पनि हुनेछ ।

‘सामाजिक सञ्जाल र बालबालिका’, ‘स्थानीय सरकार र बालबालिका’, ‘बालसाहित्य, पाठ्यपुस्तक र पठन संस्कृति’, ‘बालसाहित्यको बदलिँदो परस्थिति’, ‘सम्पदा, संस्कृति र बालबालिका’ विषयमा सत्र सञ्चालन हुनेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal