आज :

एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश

  • अनलाइन डबली

बाजुरा । नेपाल कम्युनिष्ट पार्टी एमाले बाजुराको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा एमालेको तर्फबाट युवालाई अवसर नदिएको भन्दै तालाबन्दी गरिएको हो ।
बाजुरामा नेकपा एमाले केन्द्रीय कमिटीले युवालाई अवसर नदिएको असन्तुष्टी जनाउँदै एमाले निकटका युवा संघ नेपाल र अनेरास्ववियु बाजुराले संयुक्त रुपमा पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
पार्टीले नवपुस्ता युवाहरुलाई अवसर नदिई पटक–पटक टिकट पाई उम्मेदवार बनेर जित्दै आएका व्यक्तिलाई टिकट दिएको विरोध जनाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव रामचन्द्र रोकायाले बताए ।
एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व महासचिव नरेश रोकायालाई प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बनाउन टिकट नदिएको र सिंगो एमाले बाजुरेली युवाहरुमाथी खेलवाड गरिएको उनीहरुको भनाई छ ।
युवाहरुले यस पटकको निर्वाचनमा एमालेका नयाँ अनुहारलाई उम्मेदवार बनाउनु पर्ने माग राख्दै आएका थिए । तर एमालेले निर्वाचनका लागि केन्द्रीय कमिटी सदस्य लालबहादुर थापालाई सिफारिस गरेपछि युवाहरु आक्रोशित भएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal