आज :

समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले बन्दसूची पुनर्संरचना थालेका छन् । यसैक्रममा विभिन्न दलका ८५ उम्मेदवारले बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म नाम फिर्ताको समय तोकेको थियो । आयोगका अनुसार उम्मेदवार स्वयं उपस्थित भएर वा अनुपस्थित अवस्थामा वारेसमार्फत पनि नाम फिर्ता लिन सकिने व्यवस्था गरिएको थियो ।

नाम फिर्ता लिनेमा जनमत पार्टी, नेकपा (एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार रहेका छन् । दलगत रूपमा सबैभन्दा धेरै जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच हालै भएको एकतापछि बन्दसूची मिलान गर्न नाम फिर्ता लिने र नयाँ व्यवस्थापन गरिएको सम्बन्धित दलले जनाएको छ । आयोगका अनुसार अन्तिम नामावली सार्वजनिक हुँदा फिर्ता लिने उम्मेदवारको सङ्ख्या अझै परिवर्तन हुनसक्छ ।

यस निर्वाचनका लागि समानुपातिकतर्फ ६४ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सदस्य समानुपातिक र १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal