
काठमाडौँ । नेपाल मण्डल संस्कृति संरक्षण अभियानकाे आयाेजनामा प्रजातन्त्र सेनानी ८७ वर्षिय तुल्सी नारायण खमू श्रेष्ठबाट काठमाडाैँको ऐतिहासिक सिंहसतलमा भजन साधना गर्नेहरूका लागि विभिन्न सांगीतिक बाद्यवादन सामाग्री हस्तान्तरण गरिएको छ।
पत्रकार कुमार रञ्जितकाे संयोजनमा सिंहसत्तल भजन मण्डललाई बीणा कम्पनीकाे हार्मोनियन एक थान, तबला एक सेट, झ्याली बाजा एक सेट र डम्फू एक सेट संगीत सामाग्रीहरू सिंहसत्तल पुजारी उदय गाेपाल झालाई सत्तलमा विशेष भजनहरू गर्दै भगवान श्रीहरिकृष्ण नारायण अगाडि विभिन्न अतिथिहरू र पत्रकार र फाेटाेपत्रकारहरूकाे उपस्थितमा संगीत सामाग्रीहरू हस्तान्तर गरिएको हो।
दुई पटक जंको गरिसकेका खमू श्रेष्ठको राजनीतिक जीवन वृत्तान्त पुस्तक कुमार रञ्जितको लेखनमा प्रकाशित छ।
फोटो – बुद्ध शरण शाही

सिंहसत्तल बारे यस्तो छ इतिहास –
भनिन्छ, काष्ठमण्डप बनाएर उब्रिएको काठबाट अर्को एउटा सत्तल बनाइयो, जसलाई सिल्योसतः भनियो । जुन काष्ठमण्डप नजिकै सिंहसत्तल नाउँ बात प्रशिद्द छ । यो दुई तलाको छ । ने.सं. १०४० मा तहविल निवासी धमना सायमी (धर्मनारायण मानन्धर) को नयाँ घर निर्माण गर्न जग खन्दा भेटिएको ( वंशीधर कृष्ण ) कृष्णनारायणको मूर्ति र सत्तलको चार कुनामा चार पंछी सिंहको धातु मूर्ति प्रतिष्ठित गराएपछि,, सिल्यो सत्तः, सिंह-सत्तल भएको हो ।
काठमाडौँ उपत्यका लगाएत नजिकै रहेको जिल्ला बात समेत त्यो समय विभिन्न दाफा भजन मण्डलीहरुको आकर्षणमा रहेको सिंहसत्तलमा भजन सम्मेलन समेत हुने गर्दथ्यो ।
काष्ठमण्डप, सिल्यो सत्त बनाएर पनि बांकी रहेको जरा आदि काठबाट निर्मित श्रीखण्ड तरूमूल महाविहार राजा प्रताप मल्लद्धारा निर्मित गरिएको हो ।


बुद्धशरण शाही



