काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।
सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५४ औं बैठक बस्दैछ ।
बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा तय गरिएको छ ।
यस्तै, बिहानको ११ः३० बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१६औँ बैठक बस्दैछ ।
बैठकमा बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
यस्तै, बैठकका लागि नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आमन्त्रित गरिएको छ ।


अनलाइन डबली


