काठमाडौँ । सरकारले निर्वाचन प्रहरीको लागि ‘निर्वाचन प्रहरी’ लागि भर्ना गर्न दरखास्त आह्वान गरेको छ । सरकारले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षा प्रयोजनको लागि दरखास्त आह्वान गरिएको हो ।
सरकारले मापदण्ड स्वीकृत गरेपछि प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको छ ।
निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्ने प्रकाशित सुचनामा उल्लेख छ । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकाश विभागले सार्वजनिक बिदाको दिनपनि दरखास्त लिइने जनाएको छ ।
काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ ।
निर्वाचन प्रहरी हुनलाई साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेको हुनुपर्नेछ ।
सूचनामा माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने उल्लेख छ । छनौट भएका उम्मेदवारले माघ १५ देखि२४ गतेसम्म तालिम लिनुपर्ने छ । निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ । उनीहरुले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् ।
त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तो छ सुचना



अनलाइन डबली


