आज :

ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङको राजीनामा

  • अनलाइन डबली

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।

फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने तयारीसहित उनले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

भदौ ३० गते मन्त्रीको सपथ लिएका घिसिङले अल्प अवधिमै सरकार छाड्दै प्रत्यक्ष राजनीतिमा सक्रिय हुने संकेत दिएका छन् । उनले बुधबार बेलुका पत्रकार सम्मेलन गरी आफ्नो राजीनामा र भावी राजनीतिक यात्राबारे औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले घिसिङको राजीनामा बुझाएको तस्बिर सार्वजनिक गरेसँगै सरकारभित्रको राजनीतिक पुनर्संरचना र दलगत समीकरणबारे चर्चा सुरु भएको छ ।

यसअघि ‘उज्यालो नेपाल’ नामक दल दर्ता गराएका घिसिङ हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरिसकेका छन् । उनी रास्वपाका उपसभापति समेत हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal